| Lyrics
सल्लेरीमा हावा सरर
सल्लेरीमा हावा सरर
बसमा चढी जाउँला शहर
रानीटारको डाँडै पर मायालुलाई भेटेको
मीठा–मीठा कुरा गर्दै बाटो काटेको
सल्लेरीमा हावा सरर
बसमा चढी जाउँला शहर
हिलेदेखि बसमा चढी सँगसँगै गयो
रातभरि कुरा गर्दा माया ि�ती लायो
सल्लेरीमा हावा सरर
बसमा चढी जाउँला शहर
उसको पनि मन मिल्यो मेरो पनि मिल्यो
पहिलो भेट्मै कस्तो भाग्य दैवले जुरायो
सल्लेरीमा हावा सरर
बसमा चढी जाउँला शहर
संगीत तथा रचना: बर्त गन्धर्व |